डोटीका थप १७ जनामा कोरोना पुष्टि

डोटीका थप १७ जनामा कोरोना पुष्टि

धनगढी । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण भएका ४२ नमुनाहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले डोटीका ५ महिला र १२ जना पुरुष गरी १७ जनामा कोरोना देखिएको बताए । उनले जिल्लाको दिपायल सिलगढी नगरपालिकाका तीन महिला र ९ जना पुरुष र बोगटान पुड्सिल गाउँपालिकाका तीन पुरुष र दुई महिला गरी १७ जनामा कोराृेना पोजेटिभ देखिएको बताए ।

परिक्षण गरिएका अन्य २५ जनाको नतिजा नेगेटिभ आएको हो ।