नयाँ मन्त्रीहरुसहितको पहिलो मन्त्रिपरिषद् बैठक साँझ पाँच बजे

धनगढी खबर    

नयाँ मन्त्रीहरुसहितको पहिलो मन्त्रिपरिषद् बैठक साँझ पाँच बजे

बिहीबार मन्त्रिपरिषद बैठक बस्दैछ। बैठक साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।

नयाँ पुनर्गठनमा नेता विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै शहरी विकास मन्त्री नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ भएका छन्। लीला श्रेष्ठलाई महिला बालबालिका तथा सामाजिक विकास मन्त्री बनाइएको छ।

महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएर पदभारसमेत ग्रहण गरिसकेका छन्।



बिहिबार २९, असोज २०७७ ०४:४२ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस