धनगढी । धनगढी उपमहानगरपालिकामा विहिबार थप ३२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ३२ जना संक्रमित थपिएका हुन ।
अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले ९ महिला र २३ जना पुरुष गरी ३२ जनामा संक्रमण देखिएको जनकारी दिए । उनले उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर २ का तीनजना, वडा नम्बर ४ का सातजना, वडा नम्बर ५ का छ जना र वडा नम्बर ८ का दुई जनामा कोरोना देखिएको बताए ।
यस्तै वडा नम्बर १२, १३ का एकएकजना, धनगढीकै वडा नखुलेका दुईजना गरी ३२ जनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।