कञ्चनपुरमा खोलामा डुबेर पूर्व हवल्दारको मृत्यु

कञ्चनपुरमा खोलामा डुबेर पूर्व हवल्दारको मृत्यु

महेन्द्रनगर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा खोलामा डुबेर भुपू प्रहरी हवल्दारको मृत्यु भएको छ।

मृत्यु हुनेमा  वडा नम्बर ८ का ५० बर्षीय कमलसिंह ठगुन्नाको रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । उनको छहरी खोलामा डुबेर मृत्यु भएको हो।

“बिहान घरबाट निस्केका ठगुन्ना खोलामा डुबेको भेटिएका हुन”, उनले भने, “घटनाको प्रारम्भिक अनुसन्धानले मृतकले मादकपदार्थ सेवन गरेको बुझिएको छ।” प्रहरीका अनुसार शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।