“समाज बिकास र परिवर्तनमा रेडियोको भुमिका प्रशंसनिय छ”: मुख्यमन्त्री भट्ट

“समाज बिकास र परिवर्तनमा रेडियोको भुमिका प्रशंसनिय छ”: मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम मिडिया मिसन प्रा.लि. द्धारा सञ्चालित रेडियो धनगढी ९०.५ मेगाहर्ज धनगढीको नवौँ स्थापना दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले शुभकामना व्यक्त गर्नुभएको छ । 


मुख्य मन्त्री भट्टले कोरोना भाईरस कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै रेडियो धनगढीले सुदूरपश्चिमको लोकप्रिय रेडियो कार्यक्रम सुदूर बहस मार्फत नवौँ वार्षिकोत्सव कार्यक्रम मनाएर सरकारलाई सहयोग गरेको र उदाहरणयीय कार्य गरेकोमा खुसी व्यक्त गर्नुभएको छ । 


त्यस्तै मुख्य मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा रेडियो धनगढीले खेलेको भुमिकाको स्मरण गर्दै सरकारको तर्फबाट र आफ्नो व्यक्तिगत तफर्फबाट रेडियो र रेडियोकर्मी पत्रकारहरुको सबैको प्रगतिको कामना गर्नुभएको छ । 


कर्यक्रममा बोल्दै मुख्य मन्त्री भट्टले,‘‘रेडियो धनगढीले सुदूरपश्मिका दुरदराजका आवाजहरुको उजागर गर्दै आवाज विहिनहरुको आवाज बनिरहेको छ । कोरोना महामारीका बिच पनि जनतालाई सुसुचित गर्दै, सरकारका कमिकमजोरी हरुलाई औल्याउदै रचनात्मक सहयोग गर्नुका साथै समाज बिकास र परिवर्तनमा रेडियो धनगढीको भुमिका प्रशंसनिय रहेको र सदैब रेहिरनेमा विस्वस्त छु ।” उहाँले भन्नुभयो ।