डडेल्धुरामा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना पुष्टि

डडेल्धुरामा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना पुष्टि

धनगढी । जिल्ला अस्पताल डडेल्धुरामा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण भएका १६२ नमुनाहरुमध्ये ९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले डडेल्धुरा र दार्चुलाका थप ९ जनामा कोरोना देखिएको जानकारी दिए । उनले डडेल्धुराको जिल्ला प्रहरी कार्यालयका र्दुजना, अमरगढी नगरपालिकाका तीन जना र दार्चुलाको महाकाली नगरपालिकाका तीनजना गरी ९ जनामा कोरोना पोजेटिभ देखिएको बताए ।

परिक्षण गरिएका अँन्य १५३ जनाको नतिजा नेगेटिभ आएको छ ।