झुकोस यो शीर लौ सामने प्यारले

झुकोस यो शीर लौ सामने प्यारले

झुकोस यो शीर लौ सामने प्यारले।
कहिल्यै नझुकोस माथ यो भारले।।

देखियोस यो कुरा हर जगा चाँद झैँ,
वाह! वाह! भनोस दुनियाँ संसारले।

नासियोस दुश्मनी कलमको धारले,
नकाटोस  कहिल्यै मित्र  तरवारले।

जलोस छाती बरु शत्रुको नास भै,
गर्वले फुलाओस छाती हकदारले।

ल पाओस बिना सर्त चाहनेहरूले
नसकोस तिर्न मूल्य मेरो बजारले।

मेरो दृढता होस कि मेरो प्राण झैँ
झुकाओस शीर नै शत्रुता हारले।।