कोरोना संक्रमितको ज्यान बचाउन रेम्डेसिभिर असफल : विश्व स्वास्थ्य संगठन

कोरोना संक्रमितको ज्यान बचाउन रेम्डेसिभिर असफल : विश्व स्वास्थ्य संगठन

अमेरिकी कम्पनी गिलिएडको रेम्डेसिभिर कोरोना संक्रमितको ज्यान बचाउनमा असफल भएको छ । विश्व स्वास्थ्य संगठनले हालै गरेको आफ्नो क्लिनीकल परीक्षणमा यस्तो पत्ता लगाएको हो ।

शुरुमा कोरोना संक्रमितको उपचारका लागि यहि भ्याक्सीनको प्रयोग गरिएको थियो । कोरोना संक्रमण मुक्त भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचारमा पनि यसको प्रयोग गरिएको थियो ।

विश्व स्वास्थ्य संगठनले ४ सम्भावित भ्याक्सीन रेजिमेण्टमा परीक्षण गरेको थियो । यो परीक्षणमा ३० देशका ११ हजार २६६ वयस्क संक्रमित सहभागी थिए ।

भ्याक्सीनहरु भने रेम्डेसिभिर, हाइड्रोक्सीक्लोरोक्वीन, एन्टी एचआईभी ड्रग कम्बिनेशन लोपिनाभिर र इन्टरफेरन थिए । विश्व स्वास्थ्य संगठनकी प्रमुख डाक्टर सौम्या स्वामीनाथनले शोधमा यी भ्याक्सीन राम्रो साबित नभएको बताएकी हुन् ।