बच्चाले जन्मिए लगत्तै ताने डाक्टरको मास्क, फोटो भाइरल !

बच्चाले जन्मिए लगत्तै ताने डाक्टरको मास्क, फोटो भाइरल !

हामी सबैलाई थाहा छ कि,यो महामारीको समयमा मास्क कति धेरै आवश्यक छ । डाक्टरका अनुसार मास्कले मानिसका लागि भ्याक्सीनको काम गरिरहेको छ ।

यसैबीच हालै जन्मिएका एक शिशुलाई मास्क कति आवश्यक छ भन्ने कुरा के थाहा । तर बच्चाले भने जन्मिए लगत्तै डाक्टरको मास्क तानेका छन् ।

यो तस्वीर अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । डाक्टरले इन्स्टाग्राममा तस्वीर शेयर गर्दै लेखेका छन्, ‘हामी सबै चाहान्छौँ कि, अब छिटै नै मास्क खोलौँ ।’ यो फोटो यूएईका एक डाक्टरले आफ्नो इन्स्टाग्राममा शेयर गरेका हुन् ।