पछिल्लो २४ घण्टामा मुलुकभर थप ४ हजार ३९२ जनामा कोरोना भाइरस ९कोभिड–१९० पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ३८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयद्वारा जारी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ । आज १६ हजार ५३१ पिसिआर परीक्षण गरिएको छ । योसंगै देशभर कुल सङ्क्रमितको सङ्ख्या १ लाख २६ हजार १३७ पुगेको छ । साथै मुलुकभर विभिन्न क्वारेन्टिनमा चार हजार ८०८ जना रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयद्वारा जारी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कोरोना सङ्क्रमणमुक्त भइ डिस्चार्ज हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ । आज १६ हजार ५३१ पिसिआर परीक्षण गरिएको छ । योसंगै देशभर कुल सङ्क्रमितको सङ्ख्या १ लाख २६ हजार १३७ पुगेको छ । साथै मुलुकभर विभिन्न क्वारेन्टिनमा चार हजार ८०८ जना रहेका छन् ।