धनगढीमा शुक्रबार ३६ जना कोरोना संक्रमित थपिए, कुन वडामा कति ?

धनगढीमा शुक्रबार ३६ जना कोरोना संक्रमित थपिए, कुन वडामा कति ?

धनगढी । धनगढी उपमहानगरपालिकामा शुक्रबार थप ३६ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षण थप ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले उपमहानगरपालिकाको वडा नम्बर १ का ५ जना, वडा नम्बर २, ३ र ५ का तीन÷तीन जना, वडा नम्बर ४ र ८ का दुई-दुई जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै वडा नम्बर नखुलेका १६ जना, त्यसैगरी वडा नम्बर ७ र १३ का एकरएक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए। योसँगै धनगढीमा संक्रमितको संख्या ११ सय ४ पुगेको छ।