बझाङको प्रयोगशालामा गरिएको परिक्षणमा थप १५ जनामा कोरोना पुष्टि

बझाङको प्रयोगशालामा गरिएको परिक्षणमा थप १५ जनामा कोरोना पुष्टि

धनगढी । जिल्ला अस्पताल बझाङमा गरिएको परिक्षणमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण भएका १०१ नमुनाहरुमध्ये १५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका इन्चार्ज नरेश खड्काले दुई महिला र १३ जना पुरुषमा कोरोना देखिएको छ । उनले बझाङको छबिसपाथिभेरा गाउँपालिकाका ५ जना, थलारा गाउँपालिकाका ६ जना, रायल प्राथमिक स्वास्थ्य केन्द्रका दुईजना, जयपृथ्वी नगरपालिकाका एकजना, केदारस्यु गाउँपालिकाका एकजना गरी १५ जनामा कोरोना पोजेटिभ देखिएको बताए ।

परिक्षण गरिएका अन्य ८३ जनाको नतिजा नेगेटिभ आएको हो ।