८ वर्षका दुलाहा र ६१ वर्षकी दुलही

एजेन्सी    

८ वर्षका दुलाहा र ६१ वर्षकी दुलही

दुनियाँमा गजबका घटना सुन्न पाइन्छ । मानिसहरु पनि गजबकै हुन्छन् । हरेक जाति, समुदाय र वर्गाका मानिसहरुले आफ्नो रीति रिवाज र परम्परा छन् । दक्षिण अफ्रिकामा गजबको विवाह भएको छ ।

६१ वर्षकी शाबानगुले ८ वर्षका सानेले मैसिलेलाबीच विवाह सम्पन्न भएको छ । कमालको कुरा चाँही महिलाको ५ बच्चाहरु पनि छन् । तर पनि यो विवाह कानुनी हिसाबले मात्र नभएर पारम्परिक तरिकाले भएको हो ।

पहिलो पटक यस्तो विवाह देखेका मानिसहरु हजुरआमा र नाति देखिन्छन् । शाबानगु र मैसिलेलाको विवाह दक्षिण अफ्रिकाको श्वान मा भएको हो । यो विवाहमा एक हजार डलर खर्च भएको छ ।

विवाह गर्नुपर्ने कारण मैसिलेलाको हजुरबुवाको अन्तिम इच्छा आफ्नो मृत्यु भन्दा पहिला नातिको दुलही हेर्ने थियो । उनको अन्तिम इच्छा पुरा गर्न आमाले छोराको विवाह गराएकी थिइन् ।

विवाहमा एक सय जना पाहुनाको अगाडी एक अर्कालाई औठी लगाइदिएका थिए । विवाह केवल परम्परामा मात्र भएको थियो । कानुनी आधारमा भएको थिएन् ।

नाति मैसिलेलाको विवाह नगरेमा हजुरआमाले परिवारमा केहि न केही नराम्रो हुने भनेकाले पनि बाध्य भएर आफ्नो ८ वर्षका छोराको विवाह गराउनु परेको मैसिलेलाको आमाले बताएकी छिन् । 



शुक्रबार ३०, असोज २०७७ ०५:४२ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस