मुम्बईको छैठाै‌ं जित, कोलकता ८ विकेटले पराजित

मुम्बईको छैठाै‌ं जित, कोलकता ८ विकेटले पराजित

 इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले छैठौं जित निकालेको छ । आबुधाबी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सले कोलकता नाइटराइडर्सलाई ८ विकेटले हराएको हो । 

जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४८ रन बनायो । खराब सुरुवात गरेको कोलकताले १८ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ३३ रनमा दोस्रो विकेट खेर फालेको उसले ४२ रनमा तेस्रो विकेट गुमायो । 

६१ रन बनाउँदा पाँच विकेट खेर फालेको कोलकताका लागि अन्तिममा प्याट कुमिन्स र इयोन मोर्गनले सम्हालेका थिए । छैठौं विकेटका लागि उनीहरुले ८७ रनको साझेदारी गरे । जसकम मोर्गनले ३९ रन बनाए भने कुमिन्सले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ५३ रन बनाए । जसमा पाँच चौका र दुई छक्का प्रहार गरे ।

यसका साथै कोलकताका लागि सुभंम गिलले २१ रन बनाए भने राहुल त्रिपाठीले सात, नितेश रानाले ५, दिनेश कार्तिक चार रनमा आउट भए । यस्तै आन्द्रे रसेलले १२ रनको योगदान गरे । बलिङमा राहुल चाहरले दुई विकेट लिए ।

जवाफमा मुम्बईले १६ ओभर ५ बलमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ३५ रन बनाए भने सूर्यकुमार यादवले १० तथा क्विन्टन डी ककले अविजित ७८ रन बनाए । जसमा उनले ४३ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । यस्तै हार्दिक पाण्डेयले २१ रन थपे ।

यो जितसँगै मुम्बईको १२ अङ्क भएको छ । दिल्लीको पनि समान १२ अङ्क भए पनि रन रेटका आधारमा दोस्रो स्थानमा झरेको छ ।