डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि

डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि

धनगढी । जिल्ला अस्पताल डडेल्धुराको प्रयोगशालामा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण भएका १२८ नमुनाहरुमध्ये १४ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले शनिबार गरिएको परिक्षणमा सुदूरपश्चिमका १४ जनामा कोरोना देखिएको बताए ।

उनले डडेल्धुराको नवदुर्गा गाउँपालिकाका तीनजना, परशुराम नगरपालिकाका दुईजना, आलिताल गाउँपालिकाका एकजना, दार्चुलाको मार्मा गाउँपालिकाका तीनजना, बैतडीको पाटन नगरपालिकाका चारजना र पञ्चेश्वर गाउँपालिकाका एकजना गरी १४ जनामा संक्रमण देखिएको बताए ।

परिक्षण गरिएका अन्य ११४ जनाको नतिजा नेगेटिभ आएको छ ।