दिल्लीलाई शीर्ष स्थानमा उक्लने मौका, आज चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्दै

दिल्लीलाई शीर्ष स्थानमा उक्लने मौका, आज चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्दै

१३औं सस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्सले साविकको उप–विजेता टोली चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ । 

सारझाँ क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा दिल्ली जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ । 

लिगमा आठ खेल खेलेको दिल्ली १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ । समान अंक रहेको मुम्बई तालिकाको शीर्ष स्थानमा रहेको छ । दिल्लीलाई आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा उक्लने मौका छ । 

आजको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने खेल्ने सम्भावना कम छ । क्रिक इन्फोका अनुसार दिल्लीले यो सिजन सन्दीपलाई स्थान दिन अझ केही खेल कुर्नु पर्ने बताएको छ । दिल्लीले लिगमा ८ खेल खेलि सक्दा पनि सन्दीप बेन्चमा छन् । 

यता, चेन्नई आजको खेलमा जित  निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ । लिगमा ८ खेल खेलेको चेन्नई तीन खेलमा जित निकाल्दै तालिकाको छैटौं स्थानमा छ । 

आजनै हुने पहिलो खेलमा राजस्थान रोयल्सले रोयल्स च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउसो ३ः४५ मा सुरु हुनेछ ।