कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो लाखौँ मानिसहरु संक्रमित भईरहेका छन् भने हजारौँ मानिसहरुको ज्यान गईरहेको छ ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहमा पुगिसकेको छ । वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।
यसैबीच फोक्सोलाई विशेष असर पुर्याउँदै आएको भनिएको कोरोनाले अब दिमागलाई पनि असर पुर्याउन थालेको बताइएको छ । हालै मात्र गरिएको एक स्टडीमा अस्पतालमा भर्ना भएका संक्रमितहरुमा मानसिक रुपमा परिवर्तन भईरहेको पाइएको हो ।
संक्रमित कन्फ्यूजन र प्रतिक्रिया दिन नसक्ने जस्ता समस्याबाट पीडित बनेको पाइएको छ । मेडिकल भाषामा यसलाई एन्सेफेलोप्याथी भनिन्छ ।
सोमवार एनाल्स अफ क्लीनिकल एण्ड ट्रान्स्लेशन न्यूरोलोजीमा प्रकाशित स्टडीमा ५ मार्चबाट ६ अप्रिलको बीचमा शिकागोमा नर्थ वेस्टर्न मेडिसिन हेल्थ सिस्टममा भर्ना भएका ५०८ जना कोरोना भाइरसका संक्रमितहरुको रेकर्डमा यो पाइएको हो ।
मानसिक परविर्तन नभएका मानिस भन्दा यी मानिस ३ महिना धेरै अस्पतालमा भर्ना भएका थिए ।