नेपालमा थप ३ हजार १६७ कोरोना संक्रमित थपिए, १ हजार ८०० जना कोरोनामुक्त

धनगढी खबर    

नेपालमा थप ३ हजार १६७ कोरोना संक्रमित थपिए, १ हजार ८०० जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा शनिबार थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख २९ हजार ३०४ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सकृय संक्रमितको संख्या हालसम्म ३८ हजार ७३७ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा १ हजार ८०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८९ हजार ८४० रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १२ लाख ६९ हजार ६०५परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १५ हजार ५३१ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७१५ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।



शनिबार ०१, कार्तिक २०७७ ०४:४१ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस