४ जना कर्मचारीमा कोरोना संक्रमण देखीए पछि कैलाली अस्पतालको जनरल वार्ड सिल

धनगढी खबर    

४ जना कर्मचारीमा कोरोना संक्रमण देखीए पछि कैलाली अस्पतालको जनरल वार्ड सिल

धनगढीः कैलाली अस्पतालमा कार्यरत ४ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अस्पतालका ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको अस्पताल सञ्चालक जनकराज जोशीले बताए। 

उनका अनुसार २ जना नर्स र २ जना सफाई कर्मचारीलाई कोरोना देखिएको हो। अस्पतालका कर्मचारीलाई कोरोना देखिएपछि जनरल वार्ड र एक्सरे सेवा बन्द गरिएको जोशीले बताए।



शनिबार ०१, कार्तिक २०७७ ०७:१९ मा प्रकाशित

#कोरोना संक्रमण #कैलाली अस्पताल #सेती प्रादेशिक अस्पताल

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस