डिभिलीयर्स चम्किँदा बैंगलोरले राजस्थानलाई हरायो

डिभिलीयर्स चम्किँदा बैंगलोरले राजस्थानलाई हरायो

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले छैटौ जित निकालेको छ ।

दुबई क्रिकेट मैदानमा शनिबार भएको खेलमा बैंग्लोरले राजस्थानलाई ७ विकेटले पराजित गर्दै छैटौं जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको राजथानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७७ रन बनायो । बलियो सुरुवात गरेको राजस्थानले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेको थियो । उसका ओपनर बेन स्टोकले १५, रविन उथप्पाले ४१ रनको योगदान गरे भने सञ्जु सामसानले मात्र ९ रन जोडे ।

६९ रनमा तीन विकेट गुमाएको राजस्थानका लागि स्टिभ स्मिथ र जोस बट्लरले ५८ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । जसमा बटलरले २४ रन बनाए । यस्तै कप्तान स्मिथले अर्धशतकीय खेल्दै ५७ रन बनाए । यस्तै राहुल टिवाटीयाले पनि १९ रनको योगदान गरे । बलिङमा क्रिस मोरिसले चार तथा युज्भेन्द्र चाहलले २ विकेट लिए ।

जवाफमा बैंग्लोर १९ ओभर चार बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । २३ रनमा पहिलो विकेट गुमाएको बैंग्लोरले १ सय २ रनमा तीन विकेट गुमाएको थियो । उसका लागि देवदत्त पाडिकलले ३५ रन बनाए भने आरोन फिन्सले १४ रनको योगदान गरे ।

यस्तै कप्तान विराट कोहलीले ४३ रन बनाउँदा अन्तिममा एवी डिभिलियर्सले अन्तिममा विस्फोटक ब्याटिङ गर्दै टिमलाई जित दिलाए । यो जितपछि बैंग्लोरको ८ खेलमा १२ अंक भएको छ ।