सुदूरपश्चिममा मात्रै पुगे कोरोनाका १३ सय बढी संक्रिय संक्रमित

सुदूरपश्चिममा मात्रै पुगे कोरोनाका १३ सय बढी संक्रिय संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का संक्रिय संक्रमित १३ सयभन्दा बढी पुगेका छन्।

स्वास्थ्य निर्देशनलाय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ७७ जना नयाँ कोभिड–१९ संक्रमित थपिएसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार ३६३ पुगेको हो। 

प्रदेशमा कुल संक्रिय संक्रमितको आधाभन्दा बढी संख्या कैलालीमा छ। कैलालीमा कोभिड–१९ का संक्रिय संक्रमितको संख्या ६६९ रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

निर्देशनालयका अनुसार बझाङमा १४५, दार्चुलामा १२९, कंचनपुरमा १२६, डोटीमा ९७, अछाममा ८१, बैतडीमा ५४, डडेल्धुरा ५१, बाजुरामा ६ तथा अन्य प्रदेशका ५ जना छन् । 

प्रदेशको बिभिन्न अस्पतालमा ६ जनाको आईसियु र तीन जनाको भेन्टिलेटरमा उपचार भैरहेको निर्देशनालयले जनाएको छ।