जिल्ला कारागार  कैलालीका २ जना कैदीमा कोरोना पुष्टि

जिल्ला कारागार  कैलालीका २ जना कैदीमा कोरोना पुष्टि

धनगढीः जिल्ला कारागार कैलालीका २ जना कैदी बन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २ जना कैदीमा संक्रमण पुष्टि भएको हो । 

संक्रमण पुष्टि हुनेमा  कर्तव्य ज्यान मुद्दाका ४० वर्षीय पुरुष कैदी र जबरजस्तीकरणी मुद्दाका अन्दाजी ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जेलेर महेन्द्रसिह खड्काले जानकारी दिए ।

जेलेर खड्काका अनुसार ६२ वर्षीय कैदी प्यारालायसिसका विरामी हुन् उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने ४० वर्षीय कैदीमा सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।  

उनलाई कारागारमै छुट्टै राखिएको छ । उनी कैदी आउट डोर अथवा चौकीदारको रुपमा पनि काम गर्दै आएका थिए । कैलाली कारागारमा २ जना कैदीमा कोरोना संक्रमण देखिएपछि अन्य कैदीबन्दी त्रसित भएका छन् ।

 कारागारका जेलर खड्काले २ जनामा संक्रमण पुष्टि भएपछि अन्य कैदीबन्दीको पनि कोरोना परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिए । एक सय ५० जनाको क्षमता रहेका कारागारमा अहिले ५ सय १४ जना कैदीबन्दी आश्रीत छन् ।