शनिबार रातिदेखि बेपत्ता असई मृत फेला, प्रहरी जवानको खोजी कार्य जारी

शनिबार रातिदेखि बेपत्ता असई मृत फेला, प्रहरी जवानको खोजी कार्य जारी

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) मृत फेला परेका छन् ।
शनिबार रातिदेखि बेपत्ता भएका असइ (असई) गोविन्द बिकको शव आज बिहान सीमा नाकामा मोहना नदीमा फेला परको हो । उनीसंगै गस्तीमा गएका प्रहरी जवान राम बहादुर साँउद भने फेला परेका छैनन ।
चौकीबाट मोटरसाईकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुबै जना साढे १० बजे देखि सम्पर्क बिहिन भएका थिए ।

आज बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरु चढेको मोटरसाईकल फेला परेको र करीव तीन किमीको दूरीमा रहेको मोहना नदीमा लाश फेला परेको छ ।

प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदी सहितको प्रहरीको टोली यतिबेला घट्नास्थल पुगेको छ । प्रहरीले तस्करहरुसंगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने आशंका गरेको छ ।