डडेल्धुरामा गरिएको परिक्षण थप ८ जनामा कोरोना पुष्टि

डडेल्धुरामा गरिएको परिक्षण थप ८ जनामा कोरोना पुष्टि

धनगढी । जिल्ला अस्पताल डडेल्धुराको प्रयोगशालामा गरिएको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण भएका १६२ नमुनाहरुमध्ये ८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले आईतबार भएको परिक्षणमा ८ जनामा कोरोना देखिएको जानकारी दिए ।

उनले  डडेल्धुराको अमरगढी, नवदुर्गा, गन्यापधुरा र भागेश्वरका एकरएक जना, दार्चुलाको दुहुका एक जना, बैतडीको मेलौलीका दुई जना र शिवनाथका एक जना गरी ८ जनामा कोरोना पोजेटिभ देखिएको बताए ।