भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा एक हजार ३३ को मृत्यु, ६१ हजारभन्दा बढी संक्रमित थपिए

भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा एक हजार ३३ को मृत्यु, ६१ हजारभन्दा बढी संक्रमित थपिए

भारतमा पछिल्लो २४ घन्टा मा कोरोना संक्रमणका कारण एक हजार ३३ जनाले ज्यान गुमाएका छन् । परिवार तथा स्वास्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा ६१ हजार आठ सय ७१ जना कोरोना संक्रमित पनि थपिएका छन् । योसँगै आइतबार बिहानसम्ममा भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख ९४  हजार पाँच सय ५२ पुगेको छ ।

 यस संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख १४ हजार ३१ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ  । 

अझै पनि भारतभरि सात लाख ८३ हजार तीन सय ११ व्यक्ति सक्रिय संक्रमित छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६५ लाख ९७ हजार दुई  सय १० जना कोरोनामुक्त भएका छन् । संक्रमणमुक्त भएकाहरूको संख्यामा भारत अग्रस्थानमा रहेको छ । 

भारतमा संक्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या अहिले आठ लाखभन्दा कम छ । यसअघि नौ, दश लाख संक्रमितहरू रहने गरेकोमा अहिले घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरूले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो ४५ दिनयता संक्रमित अवस्थामै रहेकाको यो संख्या अहिलेसम्मकै कम हो । कोरोनाको संक्रमण देखा परेयता भारतमा शनिबारसम्म नौ करोड ४२ लाख २४ हजार एक सय ९० व्यक्तिको पिसिआर परीक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल ९आइसिएमआर० ले जानकारी दिएको छ । 

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार कोरोना भाइरसको संक्रमणको कारण विश्वभरि हालसम्म ११ लाखभन्दा बढीको मृत्यु भएको छ ।