डोटीका थप ७ जनामा कोरोना पुष्टि

डोटीका थप ७ जनामा कोरोना पुष्टि

धनगढी । डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको छ । २५५ जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ५ पुरुष र २ महिला गरी ७ जनामा कोरोना संक्रमण भेटिएको बताए। यस्तै परिक्षण गरिएका अन्य २४८ जनाको नतिजा नेगेटिभ आएको छ ।