धनगढीका थप १६ जनामा कोरोना पुष्टि, कुन वडामा कति थपिए ?

धनगढीका थप १६ जनामा कोरोना पुष्टि, कुन वडामा कति थपिए ?

धनगढी । धनगढी उपमहानगरपालिकामा आईतबार थप १६ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा १६ जना संक्रमित थपिएका हुन ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले तीन महिला र १३ जना पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले उपमहानगरपालिकाको वडा नम्बर १ का ६ जना, वडा नम्बर २ का एकजना, वडा नम्बर ३ का तीनजना, वडा नम्बर ५ का दुईजना, वडा नम्बर ६ का दुईजना र धनगढीकै वडा नखुलेका दुईजना गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।