कोरोनाबाट बर्दियामा ४२ वर्षीय पुरुषको मृत्यु

कोरोनाबाट बर्दियामा ४२ वर्षीय पुरुषको मृत्यु

कोरोना भाइरस कोभिड–१९ संक्रमित एक ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका ६ निवासी ती पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

स्वास्थ्य समस्याका कारण असोज १४ गते मेडिकल कलेज कोहलपुरमा उपचारका लागि भर्ना भएका उनको अर्को दिन स्वाबको नमूना संकलन भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले विज्ञप्तीमार्फत जानकारी गराएका छन् । 

मेडिकल कलेजमै स्वाब परीक्षण गरिएका पुरुषको १६ गते नतिजा पोजेटिभ आएको हो । श्वासप्रश्वासमा समस्या आएपछि असोज २७ गते भेरी अस्पताल नेपालगञ्जमा थप उपचारका लागि पुर्‍याइएको थियो।

श्वासप्रश्वासमा समस्या का कारण ४२ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ । यससँगै बर्दियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा मृतकको शव ठाकुरबाबामा व्यवस्थापन गरिएको हो । कोभिडको महामारी कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य कार्यालयले विषेश अनुरोध गरेको छ ।