आईपीएल २०२० : मर्गन र कार्तिकबीच ५८ रनकाे साझेदारी, हैदराबादलाई १६४ रनकाे लक्ष्य

आईपीएल २०२० : मर्गन र कार्तिकबीच ५८ रनकाे साझेदारी, हैदराबादलाई १६४ रनकाे लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबारको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई एक सय ६४ रनको लक्ष्य दिएको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६३ रन बनाएको हो । उसका लागि कप्तान इयन मर्गनले ३४, दिनेक कार्तिक र नितिश रानाले समान २९ रन बनाए ।

खेलको बीचमा धरासायी बनेको कोलकाताको पारी उकास्न कप्तान मर्गन र कार्तिकले ५८ रनको साझेदारी गरेका थिए । बलिङतर्फ हैदराबादका लागि टी नटराजनले दुई विकेट लिँदा बसिल थम्पी, विजय शङ्कर र राशिद खानले समान एकएक विकेट लिए । 

यसैबीच आइतबार रातिको अर्को खेलमा मुम्बई इण्डियनस र किङ्ग्स एलाभने पञ्जाब खेल्दैछन् ।