कंचनपुरमा लागुऔषध सहित चारजना पक्राउ

कंचनपुरमा लागुऔषध सहित चारजना पक्राउ

कार्तिक ०२,कंचनपुर । 
कंचनपुरमा लागुऔषध सहित चारजना पक्राउ परेका छ्न ।शुक्रवार साझ ६ बजेको समयमा पुनर्वास नगरपालिका वडा नं. ६ `ङ' गाउ स्थित सडक खण्डमा चारै जना पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय कंचनपुरको मातहत तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कंचनपुर बाट खटीएको प्रहरीको संयुक्त गस्ती टोलीले शंकास्पद रुपमा  से.३ प. ८१८४ नम्बर र से १ प ८५३९ नम्बरको मोटर साईकलमा सवार ब्यक्तिहरुलाई चेकजाँच गर्दा उनिहरु पक्राउ परेका हुन । चेकजाँचका क्रममा अन्दाजि २८ वर्षीय रमेश रावतको साथमा लुकाई छिपाई राखेको ४४ ग्राम लागु औषध(खैरो हिरोईन) जस्तो पदार्थ फेला पारेको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिसपी अमर बहादुर थापाले बताए । पक्राउ पर्नेहरुमा पुनर्वास नगरपालिका वडा नं. ४ घ गाँउ बस्ने अन्दाजी २८ वर्षका दिनेश भट्ट,बेलौरी नगरपालिका १ पटैया  बस्ने अन्दाजी २८ वर्षकै रमेश रावत, मटैया बस्ने २८ वर्षीय गगन शाही र २७ वर्षीय रोशन शाही रहेका छ्न । प्रहरीले दुवै  मोटर साईकल सहित चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।