विश्वमा तीन करोड मानिस कोरोनालई जितेर उपचारपछि घर फर्के

विश्वमा तीन करोड मानिस कोरोनालई जितेर उपचारपछि घर फर्के

काठमाडौं । विश्वमा तीन करोड मानिस कोरोनालई जितेर उपचारपछि घर फर्केका छन् ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा तीन करोड १० लाख १ हजार २ सय २९ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २५ लाख ९ हजार ८ सय ६४ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणको कारण विश्वमा ११ लाख १८ हजार ९५ जना मानिसको ज्यान गएको छ ।

सबै भन्दा धेरै संक्रमित अमेरिकामा छन् भने त्यहीमा धेरै मानिस उपचारपछि निको भएका छन् ।

तथ्यांक अनुसार अमेरिकामा ८३ लाख ८७ हजार ४६ जनामा संक्रमण छ भने २ लाख २४ हजार ७ सय २८ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै संक्रमित ५४ लाख ५७ हजार ३ सय २६ जना उपचारपछि निको भएका छन् ।