नेपालको छोरा, अमेरिकन आर्मी, जस्ले बिरक्तिदै पोखे सामाजिक सञ्जालमा दुखेसो

नेपालको छोरा, अमेरिकन आर्मी, जस्ले बिरक्तिदै पोखे सामाजिक सञ्जालमा दुखेसो

काठमाण्डौ । एक नेपाली युवा जो अमेरिकन आर्मी छन् । उनको नाम सुरेश केसी हो । पछिल्लो समयमा उनी सर्वाधिक लोकप्रिय बनेको समाजिक सञ्जाल टिकटकमा हिजोआज निकै नै सक्रिय रहन्छन् । प्राय उनी आर्मीकै यूनिफममा टिकटक बनाएर प्रस्तुत भई रहेका हुन्छन् । सुरेशले बनाउने धेरै जसो टिकट सन्देश मुलक नै रहने गरेको छ । उनलाई टिकटमा धेरैले आर्मीको युनिफम लगाएर आफ्नो रवैया देखाउन खोजेको होला भन्ने कमेन्टहरु गरि रहेका हुन्छन् । त्यस्ता कमेन्छ गर्नेलाई सुरेशले आफले आफ्नो मेहेनतले र बुद्धिले गर्दा अमेरिकन आर्मी भएको प्रतिकृया दिंदै आईरहेका छन् ।

सुरेशलाई धेरैले पैसासंग तुलना गर्ने गरेको आरोप लगाएको पाईन्छ टिकटकमा । किनभने उनले प्राय आफ्नो गाडीहरुमा बसेर टिकटक भिडियोहरु बनाईरहेका हुन्छन् । त्यसैले पनि उनलाई धेरै लक्जरी जीवन देखाएर टिकटक बनाउन पर्दैन भन्ने जस्ता कमेन्टहरुको सामना गरि रहनु परेको हुन्छ । सुरेशले टिकटकमा आफुलाई जस्तो सुकै कमेन्ट गरेतापनि उनले भने निकै नै शान्त र मुस्कानका साथ ती गाली गर्दै कमेन्ट दिनेहरुलाई सकेसम्मको प्रतिकृया दिने गरेका छन् ।

यस्तैमा उनले प्रतिकृया दिंदादिंदै थाकेर एउटा प्रतिकृया यसरी दिएका छन्,‘दिनभरी काम गर्यो हैन अनि हल्का थकाई लागेको हुन्छ । यहाँ नेपाली बोल्ने साथीहरु पनि कोही छैन । त्यसो भएको हुनाले सामाजिक सञ्जालमा टिकटक हेर्यो, चलायो बस्यो । हैन अनि आफुले पनि भिडियो बनायो । अब त्यस्मा पनि साथीहरुले लास्टै गाली गर्ने के । ओसीबी लगाएर टिकटक बनायो । बर्दी देखाएको रे ? गाडीमा बसेको बेला टिकटक बनायो गाडी देखाएको रे ? मोबाईल समातिदिने पनि काही छैन । ऐनामा भिडियो बनाउन न त भनेको मोबाईल देखाएको रे ? यसो पैदल हिंड्दा हिंड्नै सकिएन भनेको त ए अमेरिकामा छु भनेर सुनाको रे ? साथीहरु कति नकारात्मक भएको के ? मानौं म अमेरिका आएर यहाँको आर्मी बनेको त साथीहरुको सम्पुर्ण लुटिदिएको जस्तो पो गर्नु हुन्छ त । किन गर्नु हुन्छ साथीहरु यस्तो भन्नुस् त ? मैले तपाईँहरुको के खाईदिएको छु र ? मन पर्दैन भने ब्लक हान्नुस् । तर गाली चै नगर्नुस् है ।

सुरेशले आफुलाई नराम्रो कमेन्ट गर्नेहरुले निकै नै दिक्क लगाएको पनि बताएका छन् । उनका अन्य भिडियोहरु उनले आफु कसरी नेपालदेखि अमेरिकासम्मको यात्रा गर्न सफल भए, कसरी अमेरिकन आर्मी भए, अमेरिकन आर्मी हुनलाई कुनकुन प्रकृयाहरु पुरा गर्नु पर्छ लगाएतका धेरै कुराहरु शेयर गरेका छन् ।’ -ईताजाखबरबाट

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

https://www.tiktok.com/@sureshkc48/video/6847590160314436865?sender_device=pc&sender_web_id=6878949940195083782&is_from_webapp=1