४५ वर्षपछि यो दशैंमा कपडा पाएँ, जुत्ता ६ वर्ष पुरानै : महावीर पुन

४५ वर्षपछि यो दशैंमा कपडा पाएँ, जुत्ता ६ वर्ष पुरानै : महावीर पुन

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले यो वर्षको दशैंमा आफूले नयाँ कपडा उपहार पाएकोमा खुशी व्यक्त गरेका छन् ।

सम्भवतः ४५ वर्षपछि आफूले दशैंमा नयाँ कपडा पाएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्- ‘सायद ४५ वर्षपछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् ।  पुरानो जडौरी होइन ।’

उनले आफ्नो जिन्दगीको यो दोस्रो नयाँ सुट भएको समेत बताएका छन् । उनले जुत्ता भने ६ वर्ष पुरानो नै भएको जनाएका छन् ।

‘धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनुभएको थियो | अब कचकच गर्ने साथीहरु चुप लाग्नुहोस्’, उनले फेसबुकमा लेखेका छन्,  ‘आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरेँ ।’

उनले दशैंका बेला नयाँ कपडा कहाँबाट आयो भनेर नसोध्न समेत सबैमा आग्रह गरेका छन् । केही महिनापछि यस विषयमा आफैले बताउने समेत जनाएका छन् ।