यी अभागी बाबु ! जवान छोरीलाई बचाउन खोज्दा आफैं पुगे यस्तो अवस्थामा ?

यी अभागी बाबु ! जवान छोरीलाई बचाउन खोज्दा आफैं पुगे यस्तो अवस्थामा ?

काठमाण्डौं । कहिलेकाँही जीवनमा यस्ता घटना घट्छन् जुन न म बिर्सन् सकिन्छ न त दुखबाट पार पाउन सकिन्छ । दाङका ५९ वर्षीय बुद्धिराम कुमाललाई अहिले यस्तै भएको छ । एकछिन सम्म साथै रहेकी उनकी छोरीलाई कालले लगेको छ । उनी पनि यस्तो अवस्थामा पुगेका छन्, न त बोल्न सक्छन् त न हाँस्न न त रुन नै ।

उनी छोरीलाई साइकलमा पछाडि राखेर कतै जाँदै थिए । अनि एक टिप्पर काल बनेर आयो । त्यसपछि साईकलमा सवार बाबुछोरीलाई टिप्परले ठ’क्क’र दिदा छोरीको तत्कालै ज्यान गएको छ भने अर्का कुमाल भएका छन् ।

यो घटना आइतबार दाङ र अर्घाखाँचीको सीमाना नजिकै भएको थियो । साईकलको पछाडी बसेकी कुमालकी २४ वर्षिया छोरी जमुनाले पानी समेत भन्न पाइनन् । उनीहरुको घर गढवा गाउँपालिका वडा नम्बर १ जुराउनी रहेको बुझिएको छ ।

आफै सुरमा सडकमा गइरहेका कुमाल र उनकी छोरी जमुना सवार साइकललाई आइतबार दिउँसो एकबजे पश्चिमबाट पूर्वबाट तर्फ जादै गरेको रा १ त २०२१ नम्बरको टिपरले हा’ने’को थियो ।

दुर्घटनामा गम्भीर घाइते जमुनाको उपचारका लागि लमहीतर्फ ल्याउदै गर्दा बाटोमै ज्यान गएको ट्राफिक प्रहरी कार्यालय भालुवाङले जनाएको छ । घाइते कुमाललाई बुटवल रिफर गरिएको छ भने जमुनाको शवलाई स्वास्थ्य चौकी लालमटियामा राखिएको छ ।