विराटनगरमा अस्पताल सञ्चालकको कोरोनाबाट मृत्यु

विराटनगरमा अस्पताल सञ्चालकको कोरोनाबाट मृत्यु

कोरोना भाइरसको संक्रमणबाट विराटनगरका एक जना अस्पताल सञ्चालकको मृत्यु भएको छ।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो। उनलाई असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण देखिएपछि न्युरो अस्पतालको कोभिड–१९ वार्डमा भर्ना भएका थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रमम आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

उनी पथरीमा मोरङ हस्पिटल प्रालिका सञ्चालन गरिरहेका थिए। अस्पतालमा काम गरिरहदा नै कोरोना संक्रमण भएको जनाएको छ। उनी मिर्गौला रोगबाट पीडित थिए।