दसैंको तीन दिन देशभर कोरोना परीक्षण बन्द हुने

दसैंको तीन दिन देशभर कोरोना परीक्षण बन्द हुने

दिनेशभर पिसिआर परीक्षण हुँदै आएका प्रयोगशालमा पिसिआर परीक्षण बन्द हुने भएको छ । महानवमी, विजयादशमी र एकादशीका दिन नयाँ कोरोना पिसिआर परीक्षण नहुने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालीहरुको महान चार्ड दशैको मुख्य ३ दिनमा पिसिआर परीक्षण हुँदै आएका देशभर प्रयोगशालमा पिसिआर परीक्षण नहुने बताएका छन् ।

यी दिन बाहेक अन्य समयमा पूर्ण रुपमा कोरोना परीक्षण हुने तथा सबै ल्याब पूर्ण रुपमा सञ्चालन गरिने उनले बताए । ती ३ दिनहरुमा प्रयोगशालाको चाप अनुसार काम गर्ने, गराउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको समेत प्रवक्ता डा। गौतमले बताए ।