डोटीको प्रयोगशालामा सोमबार भएको परिक्षणमा थप ३१ जनामा कोरोना पुष्टी

डोटीको प्रयोगशालामा सोमबार भएको परिक्षणमा थप ३१ जनामा कोरोना पुष्टी

 जिल्ला अस्पताल डोटीको प्रयोगशालामा सोमबार भएको परिक्षणमा थप ३१ जनामा कोरोना पुष्टी भएको छ ।

कुल १ सय ९४ जनाको स्वाब परिक्षण गरिएकोमा ३१ जनामा कोरोना देखीएको अस्पतालले जनाएको छ । कोरोना पुष्टी हुनेमा सबै डोटी जिल्लाका रहेका छन ।

दिपायल सिलगढी नगरपालिका का २० जना , बोगटानका ६ जना, आदर्श का १ जना ,के आई सिंहका १ जना र शिखर नगरपालिकाका ३ जना रहेको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।