कैलालीका ७३ सहित सुदूरपश्चिममा थप ८८ जनामा कोरोना पुष्टि

कैलालीका ७३ सहित सुदूरपश्चिममा थप ८८ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा थप ८८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका ७६१ नमुनाहरुमध्ये ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचान अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ७८ सहित सुदूरपश्चिममा सोमबार थप ८८ जनामा कोरोना देखिएको जानकारी दिए । 

उनले कैलालीको धनगढी उपमहानगरपालिकाका ३६ जना, टीकापुर नगरपालिकाका २५ जना, गोदावरी नगरपालिका–५ का ५ जना, मोहन्याल गाउँपालिकाका २ जना, गौरीगंगा नगरपालिका–३ का १ जना र ठेगाना नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, कृष्णपुर नगरपालिका–३ का २ जना, शुक्लाफाटा नगरपालिका–१ र ठेगाना नखुलेका एकरएक जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

त्यस्तै डोटीको बडीकेदार गाउँपालिकाका ३ जना र बैतडीको दशरथचन्द नगरपालिका–४ का एक जनामा पनि कोरोना पुष्टि भएको छ।