धनगढीमा सोमबार ३६ जना कोरोना संक्रमित थपिए, कुन वडाका कति ?

धनगढीमा सोमबार ३६ जना कोरोना संक्रमित थपिए, कुन वडाका कति ?

धनगढी । धनगढी उपमहानगरपालिकामा सोमबार थप ३६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा ३६ जना संक्रमित थपिएका हुन । अस्पतालको सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले सोमबार गरिएको परिक्षणमा नगरभित्रका ३६ जनामा कोरोना देखिएको जानकारी दिए ।

उनले उपमहानगरपालिकाको वडा नम्बर १ का १३ जना, वडा नम्बर ३ का ७ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ७ का ४ जना र वडा नम्बर ५ का ३ जनामा संक्रमण पुष्टि भएको बताए । 

यस्तै वडा नम्बर ६ का २ जना, वडा नम्बर २ का एकजना र वडा नम्बर १३ का एकजना गरी ३६ जनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले बताए । योसँगै धनगढीमा संक्रमितको संख्या ११ सय ९२ पुगेको छ।