सेती प्रादेशिक अस्पतालले मंगलबार देखि कोरोना परीक्षण र उपचारको शुल्क लिने

सेती प्रादेशिक अस्पतालले मंगलबार देखि कोरोना परीक्षण र उपचारको शुल्क लिने

धनगढी । सेती प्रादेशिक अस्पतालले मंगलबार देखि कोरोना संक्रमितको उपचार गर्दा शुल्क लिने भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले सरकाले दिएको निर्देशन अनुसार शुल्क लिईने जानकारी दिए ।

उनले स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले आजदेखि नै शुल्क लिन निर्देशन दिए पनि भोलिबाट अस्पतालले शुल्क लिने तयारी गरेको बताए । आर्थिकरुपमा विपन्न, असक्त, असाह एकल महिला, अति अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मी बाहेकका अन्य सबै व्यक्तिले कोरोना परीक्षण वा उपचारको खर्च तिर्नुपर्ने सूचना अधिकारी श्रेष्ठले बताए ।

परीक्षण र उपचार गर्ने भनिएका व्यक्तिहरुको कोरोना बीमा गरिएको भए बीमा रकमबाट उपचार खर्च बेहोरिनेछ । बीमा नभए सम्बन्धि व्यक्तिले भोलिदेखि शुल्क तिर्नुपर्ने बताईएको छ ।  यसअघि सेती अस्पतालले कोरोना परीक्षण र उपचार निःशुल्क गर्दै आएको थियो भने स्वइच्छाले कोरोना परिक्षण गर्ने व्यक्तिहरुले शुल्क तिर्दै आएका थिए।