धनगढीमा हत्या गरिएका असई बिकको उच्च सम्मानसहित कञ्चनपुरको दोदा नदीमा अन्त्येष्टि

धनगढीमा हत्या गरिएका असई बिकको उच्च सम्मानसहित कञ्चनपुरको दोदा नदीमा अन्त्येष्टि

धनगढी । कैलालीको जुगेडामा रहेको अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

बिकको शोक सलामी सहित कञ्चनपुरको दोदा नदीमा रहेको किर्तिपुर घाटमा अन्त्येष्टि गरिएको हो । कार्तिक १ गते राति वेपत्ता भएका असई बिकको शव २ गते धनगढी उप महानगरपालिका वडा नम्वर १० स्थित मोहना नदीमा फेला परेको थियो ।

उनीसँगै गस्तीमा खटिएका प्रहरी जवान रामसिह साउदको अवस्था भने अज्ञात छ । यस्तै हत्यारालाई कार्वाहीका दायरामा ल्याउनु पर्ने भन्दै आफ्न्तले सोमबार धनगढीमा प्रदर्शन गरेका छन ।