अनेरास्ववियु बझाङमा विवाद: संयोजक धामी भन्छन नाङगो नाच नदेखाउनुस

अनेरास्ववियु बझाङमा विवाद: संयोजक धामी भन्छन नाङगो नाच नदेखाउनुस


बझाङ: अनेरास्ववियु बझाङका जिल्ला संयोजक प्रविन्द्र धामीले बझाङमा अनेरास्ववियु भित्रको असहमति पत्र, सामाजिक संजालमा देखिएका टिप्पणी र  केही  अनलाइन खबरमा आएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।  सोमवार साँझ तिर सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै धामीले अनेरास्वियूको जिल्ला कमिटिले पुर्णता पाए पछि  प्रश्न उठेकाले जिम्मेवारीका हिसाबले आफुले त्यस्को जवाफ दिनुपर्ने आफ्नो कर्तव्य भयको बताएका छन । 

सामाजिक संजाल र समाचारमा आएको जसरी अनेरास्ववियू केन्द्रिय संयोजक आदरणीय कमरेड ऐन महर सङ्ग मेरो राजनीतिक र भावनात्मक सम्बन्ध  बाहेक अरु केही नभएको र हप्ता असुलिको कुनै प्रमाण भए आजिवन राजनीतिबाट सन्यास लिने भन्दै स्पष्ट पारेका छन । गएको अखिलको जिल्ला अधिबेशनमा अध्यक्षका प्रत्यासिहरुलाइ जिल्ला पार्टी नेतृत्व९एमाले० ले एकठाउमा राखेर पार्टीले गरेको निर्णय हामिलाइ मान्य हुनेछ भनेर हामी सबैलाई हस्ताक्षर गराएर पार्टिले नै अनेरास्ववियु जिल्ला कमिटी बझाङ को घोषणा गरेको भय पनि तत्कालिन अवस्थामा उपाध्यक्ष लगाएतको टिमले पार्टीको उक्त निर्णयमा असहमति जनाउदै समानान्तर कमिटी गठन गरेको स्मरण गराउनु भयो । 

आफुले सचिव हुदा पार्टीले बनाएको कमिटी लाई बिफल पार्न कमरेडहरुका त्यतिखेरको कसरत अनि हरकत राम्ररी बुझेको स्मरण गर्दै धामीले केन्द्रको नेतृत्वले पनि बिगत र बर्तमानलाइ हेरेर नै तत्कालीन कमिटीको सचीवलाई जिम्मेवारी दिएको बताए ।  फेसबुकका पण्डितहरुलाइ यो बिसयमा निर्णय लिन जिम्मेवारी दिएको भय उहाँहरुले कस्लाइ रोज्नु हुन्थ्योरु त्यो फरक पाटो होला ।  तर मलाई नेतृत्वले जिम्मेवारी दिएर इमानदारीताको पुरस्कार पाए भन्ने लागेको  र धैर्य गर्दा सफल भएको बुझेको बताएका छन । 

जिल्ला कमिटी बझाङ पुर्णताको कुरा आज भन्दा ६ महिना पहिले देखि नै थुप्रै पटक जिल्लाका उपलब्ध पार्टिका नेता, भुगोल बाट प्रतिनिधित्व गर्ने अखिलका केन्द्रिय सदस्य लगाएत जिल्ला कमिटीका अन्य सहयोद्दा कमरेडहरुसङ्ग पनि पटकपटक छलफल गरेको बताउदै धामीले असहमती पत्रमा लेखिएको कुरा कपोकल्पित, मनगढन्ते, अनि पुर्वाग्रहि भएको आरोप लगाएका छन । असमती पत्रमा नाम उल्लेख गरिएका कतिपय साथीहरूलाई फोन गरेर सोधपुछ गर्दा उनीहरुलाई यो बिषयमा थाहा नभयको समेत उल्लेख गरेका छन । 

असहमति पत्रमा नाम उल्लेख गर्नु भएका कतिपय साथीहरूसङ्ग छलफल गरेर नै कमिटी मा नराखिएको हो र सामाजिक संजालमा नाङ्गो नाच ननाची दिन पनि संयोजक धामीले स्टाटस मार्फत अनुरोध गरेका छन । 
यस अघि नेकपाको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियु को एकता बिधान बिपरित भएको र  विद्यार्थी संगठनमा लामो समय काम गरेका बिद्यार्थी नेता लाई लत्याएर आफन्त तथा नातागोता लाई संगठनको जिम्मेवारी दिएको भन्दै चर्को बिरोध भएको हो ।

संगठनको विधि मिचेर लामो समयसम्म विद्यार्थीको राजनितीमा सक्रिय भएकाहरुलाई संगठनको जिम्मेवारीबाट हटाएको हुँदा बिरोधमा उत्रनु परेको अनेरास्ववियु बझाङका पुर्व उपाध्यक्ष पुष्पलाल रोकाया बताए । संगठनले तत्काल निर्णय नसच्याए जिल्लामा समानान्तर कमिटि गठन गरिने उनको भनाई छ ।

तत्कालीन उपाध्यक्ष पुष्पलाल रोकाया, कोषाध्यक्ष हेमन्त भण्डारी, सहसचिव रामचन्द्र जोशी, पुर्व सह सचिब तथा तत्कालिन सचिवालय सदस्य मोहन कुँबर, सचिवालय सदस्य दिल बहादुर विक, सदस्य अनु गुरुङ, सुवास बोहरा, कटकसिंह धामी, धनेश्वरी पातली, संगिता विक र त्रिवेणी क्याम्पस स्ववियु सभापती जय कुँबरले संयुक्त हस्ताक्षर गरी केन्द्रिय संयोजक ऐन महर र सह संयोजक रन्जीत तामाङ असहमती पत्र पेश गरेका छन ।