उद्योग वाणिज्य महासंघका कार्यकारी निर्देशक भट्ट लाई कोरोना पुष्टि

उद्योग वाणिज्य महासंघका कार्यकारी निर्देशक भट्ट लाई कोरोना पुष्टि

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका कार्यकारी निर्देशक ज्योति भट्ट लाई कोरोना पुष्टि भएको छ । 

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा उहालाई कोरोना पुष्टि भएको हो । 

केही दिन देखि सामान्य रुघाखोकी र ज्वरो देखिएपछि स्वाब परिक्षण गर्दा कोरोना भाइरस देखिएको भट्टले बताएका छन । 

हाल धनगढी स्थित निवासमै चिकित्सकको सल्लाह बमोजिम उपचाररत भट्टको स्वास्थ स्थिति सुधारोन्मुख रहेको छ । उनी परिवारका सदस्य संगै घर मै आइसोलेसनमा रहेका छन ।

भट्टमा कोरोना पुष्टि भए संगै परिवारका सदस्यहरुको पनि स्वाब परिक्षणका लागि संकलन गरिएकोमा रिपोर्ट आउन बाकी रहेको भट्टले बताए । 
साथै उनले केहिदिन यता आफ्नो सम्पर्कमा रहेकाहरु लाई सेल्फ क्वारेन्टाइनमा रहन र परिक्षणका लागि आग्रह गरेका छन ।