कामदार !

कामदार !

आसमा छ, 
फल आउने दिन,
दिन गन्दै बसेको समय
सकिने दिन । 
उ आसमा छ, 
आफ्नो जिवनका बहारहरु
आउने दिनको,
चारैतिर बाट घेर्ने,
साहु हरुलाई खुसि पार्न
परिवारको अनुहारमा चमक ल्याउन, 
ऊ आसमा छ ।
तर, 
उसलाई के थाहा 
उसको खुसीमा खरानी डस्न,
दुस्साहास गर्ने,
नर पिचासहरको खलबली 
मचिदैछ,
मित्र, 
थुपै्र टुनावुना बुनिदैछन्
उत केबल सपना देख्छ,
बस,
सपना देख्छ आउने बिहानिको 
जुन
विहानी उसको लागी खुसि होस । 
उसलाई के थाहा !
ति भुस्याहरुले 
उसको विहानि कालरात्री तिर 
धकेल्न भरपुर प्रयासमा छन् । 
ऊ त केवल एक कमजोर कामदारहो । 

-रमेश जोशी 'शिशिर'

उपप्राध्यापक सुदूरपश्चिमाञ्चल एकेडेमी धनगढी, कैलाली