सुदूरपश्चिममा ६० वर्ष माथिका २ सय ५३ जनामा कोरोना संक्रमण, कुन प्रदेशमा कति?

सुदूरपश्चिममा ६० वर्ष माथिका २ सय ५३ जनामा कोरोना संक्रमण, कुन प्रदेशमा कति?

काठमाडौं। नेपालमा ६० वर्ष भन्दा माथीका ९ हजार ५ सय भन्दा बढी वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ लाख ३६ हजार ३६ जना संक्रमित मध्ये ९ हजार ५ सय ४३ जना वृद्धवृद्धा कोरोना भाइरसबाट संक्रमित भएका छन्।  संक्रमित हुनेमा ३ हजार ७ सय ३ महिला र ५ हजार ८ सय ४० पुरुष छन्। 
६१ वर्षदेखि ७० वर्ष उमेर समुहका वृद्धवृद्धा सबैभन्दा बढी संक्रमित भएका छन् । यो उमेर समुहका ५ हजार ८ सय जना रहेका छन्।  त्यस्तै ७१ देखि ८० वर्ष उमेर समुहका २ हजार ७ सय २६ र ८० वर्ष भन्दा माथिका ९ सय ९८ जना वृद्धवृद्धा संक्रमित भएको तथ्यांक छ । 
मन्त्रालयका अनुसार संक्रमित हुने वृद्धवृद्धा सबै भन्दा बढी बागमती प्रदेशमा छन्। बागमती प्रदेशमा २ हजार ४ सय ६ महिला र  ३ हजार ५ सय ४ पुरुष गरि ५ हजार ९ सय १० जना रहेका छन्। त्यस्तै प्रदेश १ मा ४ सय ३४ महिला र ६ सय ९२ पुरुष गरी १ हजार १ सय २६,  प्रदेश २ बाट २ सय ४४ महिला र ६३३ पुरुष गरी ८ सय ७७, लुम्बिनी प्रदेशमा ३ सय २३ महिला र ५ सय २० पुरुष गरी ८ सय ४३,  गण्डकी प्रदेशमा १ सय ४० महिला र २४४ पुरुष गरी ३ सय ८४,  सुदूरपश्चिममा ९२ जना महिला र १ सय ६१ जना पुरुष गरी २ सय ५३ र कर्णाली प्रदेशमा ६४ महिला र  ८६ जना पुरुष गरी १ सय ५० जना वृद्धवृद्धा संक्रमित भएका छन्। 

कुन प्रदेशमा कति वृद्धवृद्धा संक्रमित 
प्रदेश १ 
६१ –७० वर्ष :
    २५८ महिला र ४५२ पुरुष । 
७१–८० वर्ष :   १२० महिला र १६५ पुरुष । 
८० वर्ष माथि :      ५६ महिला  ७५ महिला 

प्रदेश २
६१ –७० वर्ष :
     १६६ महिला र ४३६ पुरुष । 
७१–८० वर्ष :    ६५ महिला र १६८ पुरुष । 
८० वर्ष माथि :   १३ महिला  २९ महिला 

बागमती प्रदेश
६१ –७०  वर्ष :
    १३३६ महिला र २०९० पुरुष । 
७१–८०  वर्ष :    ७४९ महिला र १०१९ पुरुष । 
८० वर्ष माथि :    ३२१ महिला  ३९५ महिला 

गण्डकी प्रदेश 
६१ –७० वर्ष :
     ७९ महिला र १६० पुरुष । 
७१–८० वर्ष :    ४६ महिला र ५६ पुरुष । 
८० वर्ष माथि :  १६ महिला  २८ महिला 

लुम्बिनी प्रदेश 
६१ –७० वर्ष :
     २०२ महिला र ३२७ पुरुष । 
७१–८० वर्ष :    ९९ महिला र १५१ पुरुष । 
८० वर्ष माथि :  २२ महिला  ४२ महिला 

कर्णाली प्रदेश
६१ –७० वर्ष :
     ४० महिला र ६६ पुरुष । 
७१–८० वर्ष :    १७ महिला र १५ पुरुष । 
८० वर्ष माथि :  ७ महिला  ५ महिला 

सुदूरपशिचम प्रदेश
६१ –७० वर्ष :
     ६७ महिला र १२१ पुरुष । 
७१–८०  वर्ष :    २० महिला र ३७ पुरुष । 
८० वर्ष माथि:      ५ महिला  ३ पुरुष  । 

-स्वास्थ्य खबर