बेपत्ता प्रहरी जवान पनि मारिएकाे आशंका, प्रहरी घटनास्थल तर्फ प्रस्थान

बेपत्ता प्रहरी जवान पनि मारिएकाे आशंका, प्रहरी घटनास्थल तर्फ प्रस्थान

धनगढी । अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत बेपत्ता प्रहरी जवानको मारिएकाेआशंका गरिएकाे छ । पक्राउ परेकाहरुको बयानका आधारमा कैलालीका प्रहरी प्रमुख दिलिप देउवाको कमाण्डमा प्रहरी टोली घटना स्थलतर्फ प्रस्थान गरेको छ । 
गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र जवान साउद वेपत्ता भएका थिए ।
बिकको आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको थियो भने साउँद भने अझै बेपत्ता अवस्थामा रहेका छन् ।  प्रहरीले बिकको हत्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ ।