सुदुरपश्चिममा आज थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

सुदुरपश्चिममा आज थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 सुदुरपश्चिममा आज थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बितेको २४ घण्टामा ७३ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएकोमा डडेल्धुरा र बैतडीका थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले डडेल्धुराको अमरगढी नगरपालिकाका ५ जना, गन्यापधुरा गाउँपालिकाका १ र बैतडीको डिलाशैनी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।