बेद बेचिदैछ अचेल पुरान बेचिदैछ
सस्तैमा शब्दकोशको,उखान बेचिदैछ।।
आफ्नै प्रशंसा गरि आफै बेच्ने युग हो यो
त्यसैले आ-आफ्नै बखान बेचिदैछ।।
ठूलै सपना लिएर ,ॠण लियो पसलेले
ब्यापार घाटा लागेर,दोकान बेचिदैछ।।
सबै बेचिदैछ अस्मिता,अस्तित्व जति
होलिवाइन पिलाए देखि,स्वाभिमान बेचिदैछ।।
भोटेनीले बुनेका, गलैँचा देखिन छोडे
सहर पसिन भाउजु,तान बेचिदैछ।।
रोजगारदाताहरुको ,लिष्ट बढ्छ दिनदिनै
खाडीमा यूवाहरुको,परान बेचिदैछ।।
जल जमिन सकियो,खोलनाला सकिए
पहाडहरुमा फलामको खान बेचिदैछ।।
पुर्खाले हाड घोटेर ,बनाएका हुन मन्दिर
आज ति सबको निशान,मेटिदैछ।।
नेपाली वीरता,गोरखालीको इमान
भएको सबै त्यो, शान बेचिदैछ।।
पराधिनताको हद छैन,सियो र नुनमा
नेपाली इज्जत अनि, अभिमान बेचिदैछ।।