पहिलो पटक कोरोनाका कारण दार्चुलाका एक व्यक्तीको मृत्यु

पहिलो पटक कोरोनाका कारण दार्चुलाका एक व्यक्तीको मृत्यु

दार्चुला : कोरोना भाइरसको संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका ५३ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो । 

३-४ दिन पहिले ज्वरो आएर धनगढी गएका उनको उपचारका क्रममा त्याहा स्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको उहाले बताए । ज्वरो संगै श्वासप्रश्वासमा समस्या देखिए पछि उनी धनगढी गएको तथा उतै मृत्यु भएको खुल्न आएको उहाले बताउनुभयो । उनको मृत्यु भए पछि गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको उहाको भनाई छ । 

उनको शव नेपाली सेनाले धनगढीमा व्यवस्थापन गर्ने तयारी गरेको दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए । कोरोनाका कारण मृत्यु भएका ति पुरुषको घरपरिवार तथा टोल छिमेक सिल गरी सम्पर्क पहिचान तथा स्वाव संकलन गर्ने कार्य तत्काल थालिने उहाले बताए । कोरोनाका कारण मृत्यु भएका उनी नेपाल प्रहरीको भुतपूर्व प्रहरी नायव निरीक्षक हुन् ।

सम्पर्क पहिचान तथा स्वाव संकलनका लागि आवश्यक मात्रामा स्वास्थ्यकर्मी परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो । जिल्लामा हाल सम्म कोरोना संक्रमितको संख्या १ सय ९९ जना रहेको छ ।