धनगढी । सुदूरपश्चिमम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले असई गोविन्द बिक र प्रहरी जवान राम बहादुर साउँदको हत्याको बारेमा प्रदेश प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तम सुवेदीसंग जानकारी लिएका छन् ।
धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज असई गोविन्द बिक र प्रहरी जवान राम बहादुर साउँदको शनिवार राति उपमहानगरपालिका–१० जुगेडा गस्तीमा गएका बेला तस्करहरुले निर्ममतापूर्वक हत्या गरेका थिए ।
सो घट्नामा चासो व्यक्त गर्दै मुख्यमन्त्री भट्टले प्रहरीले प्राप्त गरेको उपलब्धी र घट्नाका बारेमा डिआईजी सुवेदीसंग बिस्तृत जानकारी लिए ।
डिआईजी सुवेदीले जुगेडा घट्नामा प्रहरीले जारी राखेको कारबाही, अनुसन्धान र हालसम्म प्राप्त उपलब्धीका बारेमा मुख्यमन्त्री भट्टलाई जानकारी गराएका छन ।